५ जेठ, २०८१ शनिबार

10:18:11 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नाट्टा र फिलिपिन्स राजदूतावासबीच पर्यटन प्रवद्र्धन गर्ने समझदारी

Nepal Business

१७ जेठ, २०७९

सम्झौतापत्रमा नाट्टाका अध्यक्ष रमेश थापा र नेपालका लागि फिलिपिन्सका राजदूत रामोन एस बागटसिंह जुनियर ले हस्ताक्षर गर्नुभएको हो ।

 नाट्टा र फिलिपिन्स राजदूतावासबीच पर्यटन प्रवद्र्धन गर्ने समझदारी

काठमाडौँ, 
नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स ९नाट्टा० र गणतन्त्र फिलिपिन्सको राजदूतावासबीच पर्यटन प्रवद्र्धन गर्ने विषयमा समझादारी भएको छ ।

नाट्टाले अन्तर्राष्ट्रिय पर्वत पर्यटन दिवसका अवसर पारेर दुवै पक्ष एकापसमा पर्यटन प्रवद्र्धन तथा विकास, व्यावसायिक सद्भाव र पर्यटनको अभिवृद्धिलगायतका विविध सहयोगको क्षेत्रमा मिलेर काम गर्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।   

नाट्टाले अन्तर्राष्ट्रिय पर्वत पर्यटन दिवसका अवसर पारेर दुवै पक्ष एकापसमा पर्यटन प्रवद्र्धन तथा विकास, व्यावसायिक सद्भाव र पर्यटनको अभिवृद्धिलगायतका विविध सहयोगको क्षेत्रमा मिलेर काम गर्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा नाट्टाका अध्यक्ष रमेश थापा र नेपालका लागि फिलिपिन्सका राजदूत रामोन एस बागटसिंह जुनियर ले हस्ताक्षर गर्नुभएको हो ।     

यस्तै नाट्टा र चीनको इन्टरनेशनल टुरिजम अलायन्सको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय पर्वत पर्यटन दिवसका अवसर पारेर जेठ १५ गते साँखुदेखि नगरकोटसम्म पदयात्रासमेत गरेको छ ।     
     
 पदयात्रामा शङ्खरापुर नगरपालिकाका प्रमुख रमेश नापित, चीनका लागि नेपाली प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठ, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मी तथा नेपाल र चीनका पर्यटन व्यवसायीको सहभागिता रहेको थियो ।