२२ माघ, २०८१ मंगलबार
11:49:26 AM
१९ पुस, २०७८
चालू आर्थिक वर्षको पाँच महिनामा ५ करोड राजस्व सङ्कलन गरेको छ ।
काठमाण्डौं, पुस १९
भीमदत्त नगरपालिकाले चालू आर्थिक वर्षको पाँच महिनामा ५ करोड राजस्व सङ्कलन गरेको छ । आन्तरिक आयअन्तर्गत मात्रै सो राजस्व सङ्कलन गरिएको हो ।
चालू आर्थिक वर्षको मङ्सिरसम्ममा सो राजस्व सङ्कलन भएको नगरपालिकाका लेखा शाखा प्रमुख गोविन्द उपाध्यायले बताउनुभयो ।
नगरपालिकाले वार्षिक ११ करोड आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा ४५ प्रतिशत बढी आन्तरिक आय सङ्कलन भइसकेको छ ।
आन्तरिक आय अतिरिक्त मालपोत करबापत नगरपालिकालाई वार्षिक ३ करोड ५० लाख र विभाज्य करअन्तर्गत ७ करोड ५० लाख सङ्कलन भएको छ । नगरपालिकाले स्थानीय सरकारको नेतृत्व पाएपछि आन्तरिक आयलाई बढाउँदै लगेको छ । चार वर्षअघि नगरपालिकाको आय करिब ४ करोड रहेकामा गत वर्षसम्म त्यसमा वृद्धि गरी २१ करोड पु¥याइएको थियो ।