२० माघ, २०८१ आइतबार

09:32:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अमिन टेक बहादुर रायमाझी अख्तियारको नियन्त्रणमा (पूर्णपाठसहित)

Nepal Business

१७ जेठ, २०७९

अमिन टेक बहादुर रायमाझीलाई जग्गाको हालसाविक प्रयोजनार्थ सेवाग्राहीबाट घुस लिएको आधारमा अख्तियारले नियन्त्रणमा लिएको हो ।

अमिन टेक बहादुर रायमाझी अख्तियारको नियन्त्रणमा (पूर्णपाठसहित)

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजनालाई घुस लिएको आरोपमा नियन्त्रयमा लिएको छ । 

रुपन्देही जिल्ला भैरहवा नापी कार्यलयका अमिन टेक बहादुर रायमाझीलाई जग्गाको हालसाविक प्रयोजनार्थ सेवाग्राहीबाट घुस लिएको आधारमा अख्तियारले नियन्त्रणमा लिएको हो । 

निज टेक बहादुर रायमाझीले सेवाग्राहीबाट जग्गा हालसाविक मिलाइ दिने भनी रु ३००००।–(तीस हजार रुपैयाँ) घुस लिएका थिए ।

हाल उनीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको छ ।