८ मंसिर, २०८१ शनिबार
06:00:25 PM
१७ जेठ, २०७९
काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले भारत र चीनबाट वार्षिक ५० लाख पर्यटक भित्र्याउन सकिने बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०७९।०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उहाँले पूर्वाधारको क्षेत्रमा विकास गर्न सकिएमा भारत र चीनबाट वार्षिक ५० लाख पर्यटक भित्र्याउन सकिने बताउनुभएको हो ।
सरकारले पूर्वपश्चिम राजमार्ग चारलेनको बनाउने बजेट ल्याउनु सकारात्मक भएको भन्दै चौधरीले प्रदेश सरकारलाई जिम्मेवार र अधिकार दिनुपर्ने बताउनुभयो ।