२८ बैशाख, २०८१ शुक्रबार

08:26:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पूर्वाधार लगानीमा स्रोत नखोज्ने व्यवस्था खारेज

Nepal Business

१७ जेठ, २०७९

सरकारले २०८० साल चैत मसान्तसम्म गरेको लगानीको आयस्रोत खोजिने छैन भन्ने व्यवस्था गरेको छ।

पूर्वाधार लगानीमा स्रोत नखोज्ने व्यवस्था खारेज

काठमाण्डौं । चालु वर्षको प्रतिस्थापन आर्थिक ऐनबाट राष्ट्रिय महत्वका पूर्वाधारमा लगानी गर्नेका लागि लगानीमा स्रोत नखोज्ने व्यवस्था खारेज भएको छ। सरकारले पूर्वाधारमा लगानी प्रवद्र्धन गरी रोजगारी सृजना गर्न मद्धत पुग्ने अभिप्रायले यो व्यवस्थालाई खारेज गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले चालु वर्षको ऐनबाट  राष्ट्रिय महत्वका जलविद्युत आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, भूमिगतमार्ग तथा सडकमार्ग, रेलमार्ग जस्ता पूर्वाधार विकास आयोजना, सिमेन्ट उद्योग, स्टिल उद्योग, कृषिमा आधारित उद्योग, पर्यटन सेवासँग सम्बन्धित उद्योग तथा तीन सयभन्दा बढी नेपाली नागरिकलाई रोजगारी दिने र पचास प्रतिशतभन्दा बढी स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने उत्पादनशील उद्योगमा गरिने लगानीको स्रोत नखोज्ने व्यवस्था खारेज गरेको  बताउनु भएको छ । 

तर, चुरोट, बिँडी, सिगार, खाने सुर्ती, खैनी, गुट्का, पान मसला, मदिरा र बियर  उद्योगलाई यो व्यवस्था लागु नहुने जनाइएको छ । सरकारले २०८० साल चैत मसान्तसम्म गरेको लगानीको आयस्रोत खोजिने छैन भन्ने व्यवस्था गरेको छ। 

आयकर ऐनको १०९, ११ (ग) मा रहेको उक्त व्यवस्था खारेज गरिएको छ।