८ मंसिर, २०८१ शनिबार

05:50:50 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आर्थिक सङ्कटमा पुग्न लागेको मुलुकको अवस्थालाई ख्याल नगरी बजेट ल्याइयोः एमाले उपाध्यक्ष पौडेल

१७ जेठ, २०७९

“नाराहरु जतिसुकै सुन्दर भए पनि प्रस्तुत बजेट उल्टो दिशातर्फ उन्मुख छ ।”

आर्थिक सङ्कटमा पुग्न लागेको मुलुकको अवस्थालाई ख्याल नगरी बजेट ल्याइयोः एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको  बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पाँच महिना अवधि बाँकी रहेको सरकारले भर्खरै निर्वाचनपछि निर्मित सरकारले झैँ आर्थिक बोझ पर्ने गरी बजेट ल्याएको टिप्पणी गर्नुभएको छ ।

पूर्वअर्थमन्त्री पौडेलले उक्त बजेट मतदातालाई रिझाएर आउने निर्वाचनमा भोट प्रभावित गर्ने उद्देश्यबाट प्रेरित भएको आरोप लगाउनुभयो । आर्थिक सङ्कटको डिलमा पुगेको मुलुकको अवस्थालाई ख्याल नगरी बजेट ल्याइएको उहाँको भनाइ थियो ।  उहाँले आठ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य आधारहीन रहेको आरोप लगाउनुभयो ।

नेता पौडेलले भन्नुभएको छ, “नाराहरु जतिसुकै सुन्दर भए पनि प्रस्तुत बजेट उल्टो दिशातर्फ उन्मुख छ ।” सो छलफल र जवाफका लागि सभामुख अग्निप्रसाद सापकोटाले यही जेठ १७, १८ र १९ गतेका दिनहरु तोक्नुभएको छ ।