१ जेठ, २०८१ मंगलबार

06:33:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

किमाथाङ्का–खाँदबारी सडकखण्ड पुनःसञ्चालनमा

Nepal Business

१६ जेठ, २०७९

मकालु–३ सम्माटारको सुक्खा पहिरो हटाएपछि सडक सञ्चालन भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिनुभयो ।

किमाथाङ्का–खाँदबारी सडकखण्ड पुनःसञ्चालनमा

सङ्खुवासभा,

सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला सडकखण्ड एक महिनापछि पुनः सञ्चालनमा आएको छ ।

उत्तर दक्षिण सडक खण्डअन्तर्गतको किमाथाङ्का–खाँदबारी सडक अन्तर्गतको मकालु गाउँपालिका–३ सम्माटारको सुक्खा पहिरो हटाएपछि भोटखोला जाने सडक पुनः सञ्चालन भएको हो । 

उत्तर दक्षिण सडक खण्डअन्तर्गतको किमाथाङ्का–खाँदबारी सडक अन्तर्गतको मकालु गाउँपालिका–३ सम्माटारको सुक्खा पहिरो हटाएपछि भोटखोला जाने सडक पुनः सञ्चालन भएको हो । 

मकालु–३ सम्माटारको सुक्खा पहिरो हटाएपछि सडक सञ्चालन भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिनुभयो । 

सुक्खा पहिराले भोटखोला जाने सडक खण्ड एक महिनादेखि अवरुद्ध भएको थियो ।  पहिराले बन्द भएको सडक भोटखोला गाउँपालिकाको आग्रहमा स्वामी नारायण कन्स्ट्रक्शन निर्माण सेवा प्रालिले हटाएको हो । पहिरो हटाएपछि सोमबारदेखि यातायात सञ्चालन भएको छ  । 

मकालु–३ सम्माटार सडक खण्डमा सुक्खा खस्दा भोटखोला जाने र आउने यात्रुले सास्ती पाएका थिए । सुक्खा पहिराका कारण बेलाबेला उक्त सडक खण्ड अवरुद्ध हुने गरेको छ । 

लामो समयसम्म बाटो अवरुद्ध हुँदा भोटखोलाका स्थानीयलाई आवतजावतमा समस्या परेको थियो । दैनिक उपभोग्य सामग्री भरियाले बोकेर भोटखोला पु¥याउनु पर्दा महँगी बढेको थियो ।