२० माघ, २०८१ आइतबार

10:32:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रोजगारीको नाममा २ करोड ४३ लाख ठगी, ७६ जनालाई विदेशमा अलपत्र पार्ने पाँच पक्राउ

Nepal Business

१६ जेठ, २०७९

उनीहरुले दुबईस्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सी एलएलसिको संचालक कोमलराज उपाध्यायसमेतको गिरोहले आमर्स गार्डमा ५ सय जनाको आवश्यकता भएको र मासिक रु ३ हजार दिरामसम्म पाउने भनी प्रलोभनमा पारेर प्रतिव्यक्ति रु ३ लाख ५० हजारदेखि ८ लाखसम्म खर्च लाग्ने भनी ठगेको खुलेको छ

रोजगारीको नाममा २ करोड ४३ लाख ठगी, ७६ जनालाई विदेशमा अलपत्र पार्ने पाँच पक्राउ

काठमाडौँ, १६ जेठ । एउटा गिरोहले भ्र्रमण भिसामा नेपालबाट दुबई पठाई २ करोड ४३ लाख ठगी गरेको खुल्न आएको छ । आकर्षक रोजगारीको नाममा उनीहरुले ७६ जनालाई ठगी गरी विदेशमा पुर्याएर अलपत्र समेत पारेको पाइएको छ। 

पक्राउ पर्नेमा लम्जुङ राईनास नगरपालिका ३ का ४७ वर्षीय मधुविलास बास्कोटा, सोलुखुम्बु दुधकुण्ड नगरपालिका ८ का ५४ वर्षीय होमबहादुर खड्का, काठमाडौँ कागेश्वरीमनोहरा नगरपालिका ७ बस्ने ३५ वर्षीया रञ्जना ढकाल प्याकुरेल र सोही ठाउँका ४० वर्षीय सन्तोष प्याकुरेल, रुपन्देही देवदह नगरपालिका ५ का ३० वर्षीय राजु भन्ने खुमबहादुर बस्याल रहेका छन् ।

यसरी करोडौँ ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा लम्जुङ राईनास नगरपालिका ३ का ४७ वर्षीय मधुविलास बास्कोटा, सोलुखुम्बु दुधकुण्ड नगरपालिका ८ का ५४ वर्षीय होमबहादुर खड्का, काठमाडौँ कागेश्वरीमनोहरा नगरपालिका ७ बस्ने ३५ वर्षीया रञ्जना ढकाल प्याकुरेल र सोही ठाउँका ४० वर्षीय सन्तोष प्याकुरेल, रुपन्देही देवदह नगरपालिका ५ का ३० वर्षीय राजु भन्ने खुमबहादुर बस्याल रहेका छन् ।

उनीहरुले दुबईस्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सी एलएलसिको संचालक कोमलराज उपाध्यायसमेतको गिरोहले आमर्स गार्डमा ५ सय जनाको आवश्यकता भएको र मासिक रु ३ हजार दिरामसम्म पाउने भनी प्रलोभनमा पारेर प्रतिव्यक्ति रु ३ लाख ५० हजारदेखि ८ लाखसम्म खर्च लाग्ने भनी ठगेको खुलेको छ ।  

गिरोहले फेसबुक, वाट्सएप जस्ता सामाजिक सञ्जालको पेजमा भ्रमात्मक विज्ञापन राखी आकर्षक तलब, सेवा सुविधाको प्रलोभन देखाई दुबईमा पु¥याएर काममा नलगाई विचल्ली बनाएर फरार भएका खुल्न आएको छ ।  

उक्त घटनामा संलग्न उनीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले सर्लाही, रुपन्देही र काठमाडौँका विभिन्न स्थानबाट विभिन्न मितिमा पक्राउ गरेको हो । 

नेपाल सरकार, श्रम मन्त्रालय, गृह मन्त्रालय, नेपाल प्रहरी, नेपाल र दुबईस्थित विभिन्न संस्थाहरुको सहयोग तथा सहकार्यमा पीडितहरूलाई नेपाल फिर्ता ल्याइएको थियो ।

हालसम्म ७६ जना पीडितहरुबाट रु २ करोड ४३ लाख ३६ हजार ठगी भएको खुल्न आएको छ । उनीहरू उपर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूरमा अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको जनाइएको छ ।