२० माघ, २०८१ आइतबार
10:34:38 AM
१६ जेठ, २०७९
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्नुभएको छ । मेयरको सपथ लिएर कार्यभार सम्हालेलगत्तै नवनिर्वाचित मेयर शाहले सैनिक मुख्यालय जंगीअड्डा गएर उहाँलाई भेट्नुभएको हो ।
भेटमा मेयर शाहले विपत् व्यवस्थापनलगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्याएको योगदानको प्रशंसा गर्नुभएको छ । प्रधानसेनापति शर्माले मेयर बालेनलाई कार्यकालको सफलताको कामना गर्नुभएको छ ।