२० माघ, २०८१ आइतबार
10:44:16 AM
१६ जेठ, २०७९
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ५ सय ९० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
नेप्सेले प्रतिकित्ता ५ सय ३१ रूपैयाँ ५३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको हो । कम्पनीको ७३औँ वार्षिक साधारण सभा जेठ ३० गते, सोमबार, नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सभाले आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५७ प्रतिशत नगद लाभांश गरि कुल ११.५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।