२० माघ, २०८१ आइतबार

10:27:57 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चारजना विरुद्ध भ्रष्टचार मुद्दा दायर (पूर्णपाठसहित)

Nepal Business

१६ जेठ, २०७९

चारजना विरुद्ध भ्रष्टचार मुद्दा दायर (पूर्णपाठसहित)

काठमाण्डौं । दैलेख जिल्ला आठविस नगरपालिका वडा नं ८ मा रहेको श्री गणेश आधारभूत विद्यालयको आई.सी.टी व्यवस्थपानका लागि भनी नक्कली बिल भरपाई दाखिला गरे वापत विद्यालय व्यवस्थापन समिति विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

सम्बन्धित वडाका अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तक बहादुर कामी, सदस्य मुक्ति प्रसाद उपाध्याय, प्रधानध्यापक अनिल कुमार शाहीको मिलेमतोमा ४९८०००।– हिनामिना गरे विरुद्ध मुद्दा दायर गरिएको हो ।

उनीहरुले आई.सी. टी. व्यवस्थापनको लागि सोलार खरिद गर्न कोटेशन आव्हान गरेको, खरिदै नभई खरिद गरिएको देखिएको, व्यवस्थापन समितिले  रु ४९८०००।– (चार लाख अन्ठानब्बे हजार) को झुट्टा बिल कागजात तयार गरेको थियो ।