२० माघ, २०८१ आइतबार
10:30:30 AM
१६ जेठ, २०७९
काठमाडौं । तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन सरकारले ५ सदस्यीय आयोग गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्ज रहने गरी आयोग गठन गरेको हो ।
आयोगका सदस्यमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने रहनुभएको छ । पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको उक्त विमान उडेको १०ः७ बजेपछि सम्पर्कविहीन भएको थियो । सोमबार बिहान मुस्ताङमा पहाडमा ठोक्किएको अवस्थामा जहाज भेटिएको छ। जहाजमा चालक दलका तीन सहित १९ यात्रु रहेका थिए । दुर्घटनामा विमानमा रहेका सबै जनाको मृत्यु भएको छ ।