८ मंसिर, २०८१ शनिबार

05:53:02 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बजेटका प्राथमिकतामा के के परे ?

Nepal Business

१६ जेठ, २०७९

सरकारले बजेटका प्राथमिकताहरु निर्दिष्ट गरेको छ ।

बजेटका प्राथमिकतामा के के परे ?

काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको घोषणा गरेको छ । उक्त बजेटमा आगामी वर्षमा सरकारले प्राथमिकताका आधारमा गर्ने कार्यक्रमहरु समेटिएका छन् । 

यस क्रममा सरकारले बजेटका प्राथमिकताहरु निर्दिष्ट गरेको छ । बजेटका कार्यक्रममा उल्लेख गरिएका प्राथमिकताका क्षेत्रहरु निम्न बमोजिम रहेका छन् ।

(क) कृषि क्षेत्रको रुपान्तरण,

(ख) सरकारी, निजी र सहकारी क्षेत्रको सहकार्यमा उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र गरीबी निवारण,

(ग) नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास,

(घ) मानव संशाधन विकास,

(ङ) पूर्वाधार विकास र पूँजी निर्माण,

(च) जलविद्युत उत्पादन, प्रसारण लाइन विस्तार र ग्रामिण विद्युतीकरण,

(छ) औद्योगिक विकास, लगानी प्रवद्र्धन र पर्यटन क्षेत्रको पुनरुत्थान,

(ज) वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनका जोखिम न्यूनीकरण,

(झ) प्रभावकारी सार्वजनिक सेवा र सुशासन प्रवद्र्धन तथा आवधिक निर्वाचन,

(ञ) वैज्ञानिक अनुसन्धान र विकास ।