२० माघ, २०८१ आइतबार

10:27:06 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विमान दुर्घटनामा जीवन गुमाउने चालक दलका सदस्य तथा यात्रुहरुप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

Nepal Business

१६ जेठ, २०७९

घटनामा जहाजमा सवार सबैको दुःखद निधन भएको जनाइएको

विमान दुर्घटनामा जीवन गुमाउने चालक दलका सदस्य तथा यात्रुहरुप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १५ गते तारा एयरको विमान दुर्घटनामा जीवन गुमाउने चालक दलका सदस्य तथा यात्रुहरुप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले सोमबार ट्वीटमार्फत उक्त घटनामा जीवन गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको हो । साथै, राष्ट्रपति भण्डारीले सुरक्षित हवाई यात्रा सुनिश्चित गर्न संस्थागत एवं प्राविधिक सुधारका लागि सम्बद्ध निकायको ध्यानाकर्षण पनि गराउनुभएको छ ।

पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत् अवस्थामा सोमबार बिहान भेटिएको थियो । 

चालक दलका तीन सदस्य र १९ यात्रु लिएर पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान आइतबार बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो ।

घटनामा जहाजमा सवार सबैको दुःखद निधन भएको जनाइएको छ ।

रासस