२० माघ, २०८१ आइतबार

10:34:52 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

के के छन, सरकारी बजेटका उदेश्यहरु ?

Nepal Business

१६ जेठ, २०७९

नीति तथा कार्यक्रमले स्थिरता, उत्पादनशीलता र रोजगारी वृद्धिः समावेशी विकास, आत्मनिर्भरता र आर्थिक समृद्धि भन्ने ध्येयलाई समेटेको छ ।

के के छन, सरकारी बजेटका उदेश्यहरु ?

काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेटका नीति तथा कार्यक्रमको घोषणा गरेको छ । यस नीति तथा कार्यक्रमले स्थिरता, उत्पादनशीलता र रोजगारी वृद्धिः समावेशी विकास, आत्मनिर्भरता र आर्थिक समृद्धि भन्ने ध्येयलाई समेटेको छ । यसै ध्येयका साथ प्रस्तुत गरेको बजेटका उदेश्यहरु निम्न बमोजिक रहेका छन् । 

(क) उत्पादनमा आधारित अर्थतन्त्रको निर्माण गरी उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्ने,

(ख) उपलब्ध प्राकृतिक स्रोत साधन, श्रम शक्ति, पूँजी र प्रविधिको एकीकृत परिचालनबाट रोजगारी सिर्जना र गरीबी निवारण गर्ने,

(ग) वित्तीय अनुशासन कायम गर्ने र मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राखी समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने,

(घ) प्रदेश र स्थानीय तहमा साधन र स्रोतको हस्तान्तरण गरी संघीयतालाई समृद्धिको सम्वाहकको रुपमा स्थापित गर्ने,

(ङ) आर्थिक तथा सामाजिक रुपान्तरणमार्फत सन्तुलित, समावेशी, आत्मनिर्भर एवंं समाजवाद उन्मुख अर्थतन्त्रको आधार निर्माण गर्ने । 

निर्दिष्ट उदेश्यहरुबाट नेपाललाई समुन्नत, दीगो आर्थिक विकास र समाजवाद उन्मुख अर्थतन्त्र तर्फ अगाडि बढ्न मद्धत पुग्ने देखिन्छ ।