२५ फागुन, २०८१ आइतबार

07:31:05 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तारा एयर जहाज दुर्घटनाः १६ जनाको शव भेटियो, बाँकीको खोजी हुँदै

१६ जेठ, २०७९

तारा एयर जहाज दुर्घटनाः १६ जनाको शव भेटियो, बाँकीको खोजी हुँदै

काठमाडौँ । तारा एयरको जहाज दुर्घटनामा परेका १६ जनाको शव फेला परेको छ। नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार हालसम्म १६ जनाको शव फेला परेको हो। विमानमा सवार अन्यको भने खोजी जारी छ । विमानमा १९ जना यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए ।

४ जना भारतीय नागरिक, १३ जना नेपाली र जर्मन नागरिक २ जना रहेको तारा एयरले जानकारी दिएको छ । आइतबार बिहान ९ बजेर ५५ मा पोखराबाट उडेको जहाज १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो । सोमबार बिहान यार्सागुम्बा टिप्न जानेहरूले फोटो खिचेर पठाएपछि दुर्घटनास्थल पहिचान भएको थियो ।