२९ बैशाख, २०८१ शनिबार

03:26:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रेल र मेट्रोरेल निर्माणका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन

Nepal Business

१५ जेठ, २०७९

रेल र मेट्रोरेल निर्माणका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन

काठमाण्डौं । रेल र मेट्रोरेल निर्माणका लागि सरकारले ६ अर्ब ५३ करोड बजेट विनियोजन गरेको छ ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै रेल र मेट्रोरेल निर्माणका लागि सो रकम बजेट विनियोजन गर्नुभएको हो । 

पूर्वपश्चिम रेलमार्ग, बर्दिबास निजगढ खण्डका लागि तीब्रता दिइनेछ । वीरगञ्ज–काठमाडौं रेलमार्ग र काठमाडौं मेट्रोरेलको प्रतिवेदन तयार गर्ने उहाँले बताउनुभयो ।