२० माघ, २०८१ आइतबार

10:29:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक घण्टामा काठमाडौँबाट चितवन पुग्ने द्रुतमार्ग निर्माण गरिने

१५ जेठ, २०७९

एक घण्टामा काठमाडौँबाट चितवन पुग्ने द्रुतमार्ग निर्माण गरिने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७९।८० बाट काठमाडौं–चितवन द्रुतमार्ग निर्माण प्रक्रिया अघि बढाउने भएको छ । सरकारले आइतबार सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरेको आर्थिक वर्ष २०७९।०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुरा बताउनुभएको हो ।

‘काठमाडौंदेखि चितवनको यात्रा एक घण्टामा गर्नेगरी चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवनु द्रुतमार्ग पहिलो चरणमा निर्माण गर्ने र चितवन–रामपुर–बुटवल र चितवन–रामपुर–पोखरा द्रुतमार्ग नीजि क्षेत्रको लगानीमा निर्माण गर्न लगानी वोर्ड नेपाल मार्फत प्रक्रिया अघि बढाइने छ,’ मन्त्री शर्माले भन्नुभयो।