२८ बैशाख, २०८१ शुक्रबार

04:35:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पूर्वपश्चिम राजमार्गका लागि ३० अर्ब ५० करोड बजेट विनियोजन

Nepal Business

१५ जेठ, २०७९

पूर्वपश्चिम राजमार्गका लागि ३० अर्ब ५० करोड बजेट विनियोजन

काठमाण्डौं । पूर्वपश्चिम राजमार्गका लागि सरकारले ३० अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।

आइतबार आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पूर्वपश्चिम राजमार्गलाई कम्तीमा चार लेनको एसियन हावेको स्तरमा स्तरोन्नति गर्ने बताउनुभयो । 

कञ्चनपुर–कमला, कमला–ढल्केवर–पथलैया र नारायणगढ–बुटवल खण्डको विस्तार, काँकडभिट्टा–लौकही, पथलैया–नारायणगढ खण्डको निर्माण कार्यका लागि ३० अर्ब ५० करोड विनियोजन गरेको उहाँले बताउनुभयो ।