५ जेठ, २०८१ शनिबार

11:46:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल कृषि सहकारी केन्द्रीय संघको अध्यक्षमा, पाठक निर्वाचित

१८ पुस, २०७८

 नेपाल कृषि सहकारी केन्द्रीय संघको अध्यक्षमा, पाठक निर्वाचित

काठमाण्डौ, पौष १८
नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.को १४ औं बार्षिक साधारण सभा तथा चौथो अधिविशेनले खेम बहादुर पाठकको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।  
नेपालका ७५ वटा जिल्लामा सञ्जाल विस्तार गरेको संघको अध्यक्षमा निर्वाचित भए लगत्तै अध्यक्ष पाठकले साना किसान र कृषि सहकारी संस्थाहरुको योगदानलाई राज्य सम्म सुन्ने गरि पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उँहाले नेपाल कृषि सहकारी केन्द्रीय संघ ले सहकारीतालाई जोड दिँदै कृषि तथा पशुजन्य उत्पादनमा खेलेको भूमिकाको समिक्षा गर्नुपर्ने समय आएको बताउनुभयो । उँहाले पूर्व मेची देखी पश्चिम महाकालीसम्मका लाखौं किसानहरुको आशा, अपेक्षा र भरोसालाई आत्मसाथ गर्दै अगाडि बढ्ने बताउनुभएको छ ।

कृषि र सहकारी मार्फत आर्थिक समृद्धिको नारा बोकेको सरकारको कार्यक्रम र अभियानलाई सार्थकतामा परिणत गर्न कृषि सहकारीहरुले उल्लेख्य भूमिका खेलेको स्मरण गराउँदै आगमी दिनमा सहकारी अभियान र आन्दोलनलाई उत्पादन, प्रशोधन, ग्रेडिङ र बजारीकरणसम्म जोड्दै अहिले देखिएको बिचौलीया हावी हुने प्रवृतिको अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो ।

देशभर कृषि सहकारी र साना किसानहरुले विभिन्न उत्पादनमूलक काम गर्दै उद्योग सञ्चालन गर्नु सुखद् पक्ष रहेको भन्दै उँहाले नव विर्वाचित संघको नेतृत्वले पनि यस कुरालाई आत्मसाथ गर्दै आगडि बढ्ने बताउनुभयो । 
आगामी ४ वर्षका लागि संघको उपाध्यक्षमा मीना कुमारी ढकाल, पूर्ण शर्मा, सचिवमा हरि प्रसाद पौडेल, कोषाध्यक्षमा गीता केसी, सदस्यहरुमा चाँदनी ढकाल, हरी बस्नेत, कृष्ण बाबु श्रेष्ठ, देव बहादुर के.सि., खगेन्द्र राज भण्डारी, पदम प्रसाद खनाल, राम कुमार महतो, धर्म सिंह कुवँर र अन्जु पौडेल सदस्य रहनुभएको छ । 
यसैगरी सघको अधिवेशनबाट महेश्वर सुवेदीको संयोजकत्वमा ३ सदस्य लेखा समिति पनि चयन भएकोछ । लेखा समिति सदस्यमा चिरञ्जिवी के.सी. र पवित्रा घिमिरे सदस्य रहनुभएको छ । 
वि.स. २०६४ सालमा स्थापना भएको संघमा अहिले करिव १२ सय कृषि सहकारी संघ संस्थाहरु सदस्यका रुपमा आवद्ध रहेको छन् । यसैगरी १० लाख भन्दा बढि सदस्य यस सञ्जालमा जोडिएका छन् । संघले सदस्य संस्था मार्फत राउटे, बनकरिया, मुसहर, ढोम, चमार, कुसुण्डा लगाएतका अति विपन्न र लोपउन्मुख समुदायलाई समेत समेटेर अगाडि बढिरहेको छ । 
अहिले ७५ वटा जिल्लामा सञ्जाल रहेको यस संस्थाले आगामी वर्ष ७७ वटै जिल्लामा सञ्जाल विस्तार गर्ने जनाएको छ  ।