२० माघ, २०८१ आइतबार
11:44:37 AM
१५ जेठ, २०७९
काठमाडौं । सरकारले वृद्धा भत्ता पाउने उमेरहद घटाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९।८० को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षदेखि वृद्धा भत्ता पाउने उमेर हद घटाएको घोषणा गर्नुभएको हो ।
हाल ७० वर्षमाथिका जेष्ठ नागरिकले मात्र वृद्धा भत्ता पाउने गरेकोमा आगामी आर्थिक वर्षबाट ६८ वर्षमै वृद्धा भत्ता पाइने अर्थमन्त्री जनार्दन शर्माले बताउनुभयो । भत्ता लिन नचाहने लाभग्राहीलाई सरकारले सम्मान गर्ने पनि उहाँले बताए ।