२० माघ, २०८१ आइतबार

11:44:41 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२०४९ सालअघि साझा संस्थाबाट लिएको ऋण मिनाहा हुने

१५ जेठ, २०७९

२०४९ सालअघि साझा संस्थाबाट लिएको ऋण मिनाहा हुने

काठमाडौँ । सरकारले २०४९ सालअघि साझा संस्थाबाट लिएको ऋण मिनाहा गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९।८० को बजेट प्रस्तुत गर्दै २०४९ सालअघि एकीकृत साझा संस्थाबाट लिएको ऋण मिनाहा गर्ने र ऋण लिन राखेको धितो फुकुवा गर्ने जानकारी दिएका हुन् ।

यद्यपि, साझा संस्थाकाबारे थप व्याख्या गरिएको छैन । जसकारण कुनकुन संस्थाबाट कतिसम्म रकम लिएकाको ऋण मिनाहा गरिने भन्ने खुलाइएको छैन ।