२० माघ, २०८१ आइतबार
01:38:46 PM
१५ जेठ, २०७९
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सबै नागरिकको विकास र समृद्धिको आकांक्षा सम्बोधन गर्ने गरी बजेट ल्याएको बताउनुभएको छ । आगामी आर्थिक वर्ष ०७९।८० को बजेट प्रस्तुत गर्दै मन्त्री शर्माले गरिबीको रेखामुनि रहेका तथा विभेद र बहिष्करणमा रहेको वर्ग, क्षेत्र, लिङ्ग र समुदायलाई केन्द्रमा रहेर बजेट ल्याएको बताउनुभएको हो ।
‘ अर्थमन्त्रीले भन्नुभयो गरिबीको रेखामुनि रहेका तथा विभेद र बहिष्करणमा रहेका वर्ग, क्षेत्र, लिङ्ग, जाति र समुदायलगायत सबै नागरिकको विकास र समृद्धिको आकांक्षा सम्बोधन गर्न बजेट केन्द्रीत गरेको छु,।’