६ बैशाख, २०८२ शनिबार
09:45:44 AM
१५ जेठ, २०७९
काठमाण्डौं । नेपाली चलचित्र ‘कबड्डी ४’ रिलिज भएको आएतबार तस्रो दिनमा प्रवेश गरेको छ । चलचित्रले दुई दिनमा मात्रै ६ करोडको व्यापार गरेको छ ।
नेपाली फिल्म इतिहासमै यो पहिलो फिल्म हो जसले रिलिजको केही दिनमा नै करोड माथिको व्यापार गरेको छ ।
चलचित्र रिलिज भएको पहिलो दिन नै ३ करोड रुपैयाँ माथीको ब्यापार गरेको फिल्मले दोश्रो दिनमा छ करोड रुपैयाँको ग्रस कलेक्सन गर्न सफल भएको हो ।
दर्शकहरुले सो चलचित्रलाई निकै रुचाइरहेका छन् । साथै चलचित्रले ९० भन्दा बढी शो पाएको छ।
राम्रो कथा तथा अभिनयका साथै चलचित्रको प्रचारप्रसार राम्रो भयो भने नेपाली चलचित्रले पनि कमाइ गर्न सक्ने ‘कबड्डी ४’ ले साबित गरेको छ ।
रामबाबु गुरुङले निर्देशनमा तयार भएको फिल्ममा दयाह्याङ राई , सौगात मल्ल , बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणि नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शारदा अधिकारी लगायतको पनि अभिनय रहेको छ ।