२३ बैशाख, २०८१ आइतबार

01:22:12 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१० महिनामा नेपालमा ४ खर्ब ८८ अर्ब ७६ करोडबढीको सामान आयात

१५ जेठ, २०७९

नेपालले भारतबाट १ खर्ब २३ अर्ब ७० करोड ८८ लाख ८१ हजार रुपैयाँको डिजेल आयात गरेको छ ।

१० महिनामा नेपालमा ४ खर्ब ८८ अर्ब ७६ करोडबढीको सामान आयात

काठमाडौँ । प्रत्येक वर्ष नेपालको आयात बढ्दै गहिरहेको छ । नेपालले खाद्यन्नदेखि लगाउने वस्तु सबै विदेशबाट आयात गर्ने हुँदा नेपाली ठूलो रकम बाहिरीने गरेको छ । यसले देशको अर्थतन्त्रलाई समेत असर गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो १० महिनामा नेपालले डिजेल, पेट्रोल, एलपीजी ग्यास, कच्चा भटमास तेल, फलाम, मोबाइल फोन, कच्चा पाम तेल, खोप, कोइला र सुन सबैभन्दा बढी रकम खर्चेर आयात गरेका छ ।

पछिल्लो १० महिनामा यी वस्तु आयात गर्न नेपालले ४ खर्ब ८८ अर्ब ७६ करोड ६२ लाख ९० हजार रुपैयाँ खर्च गरेको छ । १० महिनामा नेपालबाट यत्रो रकम बाहिरिदा यसको प्रत्यक्ष्य असर अर्थतन्त्र परेको छ । २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा नेपालले भारतबाट १ खर्ब २३ अर्ब ७० करोड ८८ लाख ८१ हजार रुपैयाँको डिजेल आयात गरेको छ ।

सोही अवधिमा भारतबाट नेपालले ५४ अर्ब ८३ करोड ९६ लाख ६ हजार रुपैयाँको पेट्रोले आयात गरेको छ । त्यस्तै, नेपालले भारतबाटनै ५२ अर्ब ५९ लाख ७५ हजार रुपैयाँको एलपीजी ग्यास आायत गरेको छ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालले विभिन्न देशबाट ३४ अर्ब ७४ करोड ४२ लाख ५७ हजार रुपैयाँको कच्चा भटमास तेल आयात गरेको छ । सोही अवधिमा नेपालले ४३ अर्ब ५५ करोड २ लाख ३७ हजार रुपैयाँको फलाम पनि आयात गरेको छ ।

त्यस्तै, नेपालले पछिल्लो १० महिनामा विभिन्न देशबाट ३६ अर्ब ९४ करोड १५ लाख २९ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको छ । नेपालमा सबैभन्दा बढी मोबाइल फोन चीनबाट आउने गरेको छ । भन्सार विभागको तथ्याङ्कल अनुसार नेपालले पछिल्लो १० महिनामा विभिन्न देशबाट ३४ अर्ब ७४ करोड ४२ लाख ५७ हजार रुपैयाँको कच्चा पाम तेल आयात गरेकोे छ । सो अवधिमा मानिसको लागि आवश्यक पर्ने खोप ३२ अर्ब ६ करोड २२ लाख ६८ हजार रुपैयाँको खोप नेपाल भित्रिएको विभागले जनाएको छ ।

१० महिनामा नेपालले ३१ अर्ब ८० करोड २२ लाख ५४ हजार रुपैयाको कोइला आयात गरेको छ । सोही समयमा युनाइटेड अरब इमिरेट्स र टर्कीबाट २९ अर्ब ७० करोड १० लाख ४९ हजार रुपैयाँको सुन नेपालमा आएको छ ।