१७ बैशाख, २०८१ सोमबार

06:18:56 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तारा एयरको विमान मुस्ताङको लेतेमा दुर्घटना भएको आशंका, जहाज खोज्न हेलिकोप्टर परिचालन

Nepal Business

१५ जेठ, २०७९

तारा एयरको विमान मुस्ताङको लेतेमा दुर्घटना भएको आशंका, जहाज खोज्न हेलिकोप्टर परिचालन

पोखरा । विहान पोखराबाट जोमसोमलागि उडेको तारा एयरको विमान मुस्ताङको लेतेबाट सम्पर्कविहीन भएको जनाइएको छ । सो विमानका चालक दलले म्याग्दीको घोरेपानीसम्म एयरपोर्टसँग सम्पर्कमा रहेकोमा लेतेको डाँडामा दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।

सम्पर्क विहीन भएको तारा एयरको विमान खोज्न हेलिकोप्टर परिचालन गरिएको छ । पोखराबाट हेलिकोप्टर अहिले जोमसोमतर्फ गइरहेको नागरिक उड्यन प्राधिकरणले जनाएको छ । विमानमा क्याप्टेन प्रभाकर घिमिरेले, विमान परिचालिका किस्मी थापा र चालक दलका अर्का सदस्य इस्सव पोखरेल रहनुभएको थियो । विमानमा अन्य १६ नेपाली यात्रु  र ६ विदेशी सवार भएको खुलेको छ ।