१७ बैशाख, २०८१ सोमबार

09:40:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२२ जना सवार तारा एयरको जहाज सम्पर्कविहीन

१५ जेठ, २०७९

२२ जना सवार तारा एयरको जहाज सम्पर्कविहीन

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । आइतबार बिहान जोमसोमका लागि ९ बजेर ५५ मिनेटमा उडेको विमान  सम्पर्कविहीन भएको जनाइएको छ ।

 थप खबर आउन बाँकी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । जहाजमा चार जना भारतीय नागरिक, दुईजना अन्य देशका र १३ जना नेपाली यात्रु साथै चालक दलका तीन सदस्य गरी २२ जना रहेका थिए ।