२० माघ, २०८१ आइतबार

01:54:58 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अर्थमन्त्रीद्धारा संसद्मा आर्थिक सर्वेक्षण पेस

Nepal Business

१४ जेठ, २०७९

गत वर्ष प्रतिनिधिसभा विघटन भएका कारणले तत्कालीन सरकारले अध्यादेशमार्फत बजेट ल्याउनु परेको थियो ।

अर्थमन्त्रीद्धारा संसद्मा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ,
प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण पेस भएको छ । 

प्रतिनिधिसभाको शनिबारको दोस्रो बैठकको अन्त्यमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८र७९ पेस गर्नुभएको छ ।

आर्थिक सर्वेक्षणमा चालु आवको चैत मसान्तसम्मको आर्थिक विवरण समावेश गरिएको छ ।

आगामी आवको बजेट प्रस्तुत हुनुभन्दा केही दिनपहिले सङ्घीय संसद्मा आर्थिक सर्वेक्षण पेस गर्ने व्यवस्था छ । संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसका दिन बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको छ ।  

बजेट प्रस्तुत गर्ने विषयमा दलहरूबीच सधैँ विवाद हुने गरेकाले संविधानमा नै स्पष्ट मिति निर्धारण गरिएको हो । नेपालको संविधान जारी भएपछि हरेक वर्ष जेठ १५ गते नै बजेट प्रस्तुत हुँदै आएको छ । 

तत्कालीन सरकारले चालु आवको बजेट अध्यादेशमार्फत सोही दिन नै सार्वजनिक गरेको थियो । गत वर्ष प्रतिनिधिसभा विघटन भएका कारणले तत्कालीन सरकारले अध्यादेशमार्फत बजेट ल्याउनु परेको थियो । 

प्रतिनिधिसभाका पुनः स्थापना भएपछि गठन भएको वर्तमान सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेटका केही व्यवस्था थप गरेको थियो ।