२० माघ, २०८१ आइतबार

01:52:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मुगुमा आइतबारदेखि यार्सा संकलन खुल्ला गरिने

Nepal Business

१४ जेठ, २०७९

यार्सा संकलन गर्न जानेले मुगुका बासिन्दाले २ हजार र बाहिरी जिल्लाकाले २ हजार ५०० शुल्क तिर्नु पर्ने उहाँले बताउनु भयो ।

मुगुमा आइतबारदेखि यार्सा संकलन खुल्ला गरिने
मुगु । मुगूम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्सागुम्बा संकलनका लागि आइतबारदेखि प्रवेश खुल्ला गरिने भएको छ ।
 
गाउँपालिकाका विभिन्न वन क्षेत्रमा पाइने यार्सागुम्बा संकलनका का लागि खुल्ला गर्न लागिएको हो ।
 
गाउँपालिकाको वडा नं. २ मा पर्ने विभिन्न पार्टन रिमार, ठूलो कोइकी, सानो कोइकी, छापाखोला, चार्कुलगायत वनमा यार्सागुम्बा पाइने गरेको छ ।
 
वन क्षेत्रमा प्रवेशका लागि गाउँपालिकाले शुल्क लिने र शुल्क बुझाएका संकलकले १५ गते बिहान प्रवेश गर्न पाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रावलले जानकारी दिनुभयो ।
 
यार्सा संकलन गर्न जानेले मुगुका बासिन्दाले २ हजार र बाहिरी जिल्लाकाले २ हजार ५०० शुल्क तिर्नु पर्ने उहाँले बताउनु भयो ।
 
गाउँपालिकाले यार्सा संकलनका क्रममा वातावरणमा असर पार्ने काम नगर्न आग्रह गरेको छ ।
 
यार्सा संकलनका क्रममा पाटन क्षेत्रमा सिसा, प्लाष्टिकजन्य वस्तु नफाल्न, जथाभावी रुख बिरुवा नकाट्न, कुनै चोरी नगर्नसमेत संकलकलाई गाउँपालिकाले आग्रह गरेको छ । यार्सा संकलनका क्रममा लुटपाट चोरी हुने भएकाले सुरक्षा व्यवस्था समेत कडा पारिएको छ । यार्सा संकलन गर्ने क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गस्ती समेत गर्ने छ ।
 
यार्सा संकलकबाट उठेको रकम गाउँपालिकाको खातामा जम्मा गरिने र पछि गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार विकास निर्माणमा खर्च गरिने उहाँले बताउनु भयो।