२३ बैशाख, २०८१ आइतबार

07:51:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अर्थतन्त्र संकटमा भएकोले आयात रोक्न जरुरीः गगन थापा

Nepal Business

१४ जेठ, २०७९

१० महिनाको अवधिमा १६ खर्बको आयात र १ खर्बको निर्यात भएको भन्दै उहाँले आगामी वर्ष यो अझ बढ्ने उल्लेख गर्नुभयो।

अर्थतन्त्र संकटमा भएकोले आयात रोक्न जरुरीः   गगन थापा

कठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्र संकटमा रहेकोले आयात घटाउनै पर्ने बताउनु भएको  छ ।  आयातलाई प्रतिस्थापन गर्ने उपायको खोजी र अवलम्बन तत्काल गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । 

प्रतिनिधिसमामा नीति तथा कार्यक्रमबारे बोल्दै महामन्त्री थापाले भन्नुभयो, हाम्रो अर्थतन्त्रको अवस्था संकटमा फस्न लागेको छ, जोखिममा पर्न थालिसक्यो, बजारमा प्रभाव देखा परिरहेको छ । यसमा सरकारको ध्यान जानु पर्नेछ ।

यो संकटबाट विगतमा जस्तै गरी पार लगाउन कठिन हुने उहाँको भनाइ छ । १० महिनाको अवधिमा १६ खर्बको आयात र १ खर्बको निर्यात भएको भन्दै उहाँले आगामी वर्ष यो अझ बढ्ने उल्लेख गर्नुभयो।

नेपाललाई व्यापारघाटा चिन्ताको विषय बनेको भन्दै अब ठूलो हिस्सा ओगट्ने पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्नु पर्ने बताउनु भयो ।

खाद्यान्नमा समेत यस्तै अवस्था रहेको भन्दै उहाँले उत्पादकत्व बढाउन सरकारले ठीक नीति ल्याउनु पर्ने बताउनु भयो ।

आयात प्रतिस्थापन गर्न सरकारले ल्याएको नीति सही भएको भन्दै उहाँले यसलाई बजेटले सम्बोधन गर्नुपर्छ भन्नुभयो ।  

आगामी वर्ष प्रेस, हेलिकोप्टर जस्ता वस्तु नचाहिने भन्दै सरकार आफैले अनावश्यक वस्तु खरिदलाई निरुत्साहित गर्नुपर्ने उहाँको तर्क छ। त्यसपछि मात्र सरकारले जनतालाई अब खरिद नगर भन्ने नैतिकता राख्ने उहाँले बताउनु भयो ।