८ मंसिर, २०८१ शनिबार

06:07:48 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

संसदमा अर्थमन्त्रीबाट आर्थिक सर्वेक्षण पेश गरिँदै, अहिले नीति तथा कार्यक्रममाथिको छलफल जारी

Nepal Business

१४ जेठ, २०७९

नीति तथा कार्यक्रम पारित भएपछि अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेश गर्ने कार्य सूचि छ । यही जेठ १५ गते सङ्घीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट पनि पेश गर्नुहुने छ ।

संसदमा अर्थमन्त्रीबाट आर्थिक सर्वेक्षण पेश गरिँदै, अहिले नीति तथा कार्यक्रममाथिको छलफल जारी

काठमाडौँ,
प्रतिनिधिसभाको जारी बैठकमा आज शनिबार आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण पेश हुँदैछ । 

नीति तथा कार्यक्रम माथिको छलफल सकिएपछि प्रधानमन्त्रीले सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने कार्यक्रम रहेको छ । त्यसपछि नीति तथा कार्यक्रममाथि परेका संशोधनहरुलाई निर्णायार्थ पेश गरिने छ । 

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु भन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने कानुनी व्यवस्था छ ।

 अहिले संसदमा नीति तथा कार्यक्रममाथि छलफल  चलिरहेको छ । छलफलमा ५४ सांसदहरुले भाग लिने कार्यक्रम छ । 

नीति तथा कार्यक्रम माथिको छलफल सकिएपछि प्रधानमन्त्रीले सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने कार्यक्रम रहेको छ । त्यसपछि नीति तथा कार्यक्रम माथि परेका संशोधनहरुलाई निर्णायार्थ पेश गरिने छ । 

नीति तथा कार्यक्रम पारित भएपछि अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेश गर्ने कार्य सूचि छ । यही जेठ १५ गते सङ्घीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट पनि पेश गर्नुहुने छ । 

बजेट सार्वजनिक गर्नु भन्दा एक वा २ दिन अगाडी आर्थिक सर्वेक्षण सार्वजनिक गरिन्छ ।  आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको फागुनसम्मको प्रमुख आर्थिक गतिविधि , समग्र आर्थिक स्थिति, प्रमुख आर्थिक सूचक तथा परिसूचकहरुको अवस्था र विश्लेषण समावेश हुन्छ । 

त्यस्तै आर्थिक सर्वेक्षणमा यी शीर्षकसँग समबन्धित परिसूचक र अनुसूची पनि समावेश हुन्छन् । यससँग समबन्धी दर्जनौ चार्ट तथा ग्राफ सर्वेक्षणमा समावेश हुन्छ ।  

सामान्यतया अर्थमन्त्रीले आर्थिक सर्वेक्षणको कार्यकारी सारांश मात्र वाचन गरेर सुनाउने र मुख्य पुस्तक भने मन्त्रालयको वेबसाइटमा अपलोड गरी सार्वजनिक गर्ने गरिएको छ ।