२० माघ, २०८१ आइतबार

01:40:13 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कस्तो आउला शनिबारको आर्थिक सर्वेक्षण र आइतबारको बजेट ?

Nepal Business

१३ जेठ, २०७९

यही जेठ १५ गते सङ्घीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट पेश गर्नुहुनेछ । गणतन्त्र दिवसको दिन पारेर नै बजेट पेश गर्ने गरी संविधानमा नै व्यवस्था गरिएको छ ।

कस्तो आउला शनिबारको आर्थिक सर्वेक्षण र आइतबारको बजेट ?

काठमाडौँ,
प्रतिनिधिसभामा शनिबार आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण पेश हुने भएको छ । 

बैठकमा शुक्रबारका लागि नै आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण पेश हुन पाएन ।

बैठकमा शुक्रबारका लागि नै आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण पेश हुन पाएन ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु भन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने व्यवस्था छ । 

अर्थमन्त्री जनार्दन शर्माले उक्त आर्थिक सर्वेक्षण पेश गर्नुहुने कार्यक्रम छ । 

यही जेठ १५ गते सङ्घीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट पेश गर्नुहुनेछ । गणतन्त्र दिवसको दिन पारेर नै बजेट पेश गर्ने गरी संविधानमा नै व्यवस्था गरिएको छ । 

बजेट आात्मनिर्भर अर्थतन्त्रमा जोड दिने गरी ल्याइने बताइएको छ ।  वृद्धभत्ता बढाइने र कर्मचारीको तलब समेत बढ्ने समाचारहरु सार्वजनिक भएका छन् ।

यद्यपि कस्तो आउने बजेट भन्नेमा भने अब दुई दिन कुर्नुपर्ला ।