२ जेठ, २०८१ बुधबार

06:29:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गाजा दहलाई बजेटको अभाव

Nepal Business

१८ पुस, २०७८

बागलुङ सदरमुकामदेखि २४ किमी पश्चिमको यात्राबाट गाँजा दह पुगिन्छ । यो पर्यटकीय र धार्मिक गन्तव्य समेत हो । यो दहले गलकोट नगरपालिका–१, काठेखोला गाउँपालिका–७ र बरेङ गाउँपालिका–२ को सिमाना समेत छुट्याउँछ ।

गाजा दहलाई बजेटको अभाव


काठमाण्डौं, पुस १८
बागलुङको जैमिनी नगरपालिका–३ स्थित सुन्दर गाजा दहलाई पर्यटकीय क्षेत्र बनाउने पुरानो अभियान अझै पूरा हुन सकेको छैन । दुई हजार ४०० मिटर उचाइको गाजाको धुरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले तत्कालीन जिल्ला विकास समितिले थालेको अभियानलाई मूर्तरुप दिन यहाँका स्थानीयवासीले माग गरेका छन् । 


गण्डकी प्रदेश सरकारले यो दहलाई पर्यटकीय क्षेत्रका रुपमा सूचीकृत गरिसकेको छ । तर, पूर्वाधार निर्माणमा बजेट नदिएको स्थानीयवासी यानुकला थापाले बताउनु भयो । दहसम्म पुग्ने २४ किमी सडकमध्ये झण्डै १० किमी चिप्लो र जोखिमयुक्त छ । अन्य सडक खण्ड पनि कच्ची छ । 


बागलुङ सदरमुकामदेखि २४ किमी पश्चिमको यात्राबाट गाँजा दह पुगिन्छ । यो पर्यटकीय र धार्मिक गन्तव्य समेत हो । यो दहले गलकोट नगरपालिका–१, काठेखोला गाउँपालिका–७ र बरेङ गाउँपालिका–२ को सिमाना समेत छुट्याउँछ । यो दहमा पुग्दा अन्नपूर्ण र धौलागिरि हिमालको शृङ्खला पनि देखिन्छ । वर्षामा पनि धमिलो देखिँदैन ।
 हिउँदमा पनि सफा र उत्तिकै पानी रहन्छ । त्यसैले पोखरीमै हिमाल र गाउँबस्तीको छायाँ तैरिन्छ । गाजा पुगेपछि बागलुङसहित पर्वत, गुल्मी, म्याग्दी र स्याङजाका सुन्दर दृश्य प्रष्ट रुपमा देखिन्छ । 
गाजा दहमा सामुदायिक होमस्टे पनि खोलिएको छ । १० घरले होमस्टे सञ्चालन गरेकाले यहाँ आउने पर्यटकलाई राख्न सकिने स्थानीयवासीको भनाइ छ । गाजालाई पर्यटन क्षेत्र बनाउन दशकअघि तत्कालीन जिल्ला परिषद्ले पनि माग गरेको थियो । पर्यटन मन्त्रालयमा समेत यसको महत्व र आवश्यकताबारे पत्र पठाइसकिएको स्थानीयवासी तुलबहादुर पुनले बताउनुभयो  ।