१९ बैशाख, २०८१ बुधबार

11:57:09 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चालु आर्थिक वर्षको १० महिनामा ३६ अर्ब रुपैयाँभन्दा बढिको मोबाइल सेट आयात

Nepal Business

१३ जेठ, २०७९

१० महिनामा ३६ अर्ब ९४ करोड १५ लाख २९ हजार रुपैयाँको ५३ लाख ६५ हजार ११५ थान मोबाइल आयात

चालु आर्थिक वर्षको १० महिनामा ३६ अर्ब रुपैयाँभन्दा बढिको मोबाइल सेट आयात

काठमाण्डौं । नेपालमा मोबाइल फोनको आयात बढ्दो छ । करकोहिलाई मोबाइल चाहिएकै हुन्छ । साना बालबालिकादेखि वृद्धसम्मका हातमा मोबाइल फोन देखिन्छ । अझ विशेषगरी युवाहरुमा ‘लेटेस्ट’ मोबाइलको चलन बढि छ । र बजारमा पनि विभिन्न ब्राण्डका ‘लेटेस्ट’ मोबाइल आइरहन्छन् । 

नेपालमा चालु आर्थिक वर्षको १० महिनामा ३६ अर्ब रुपैयाँभन्दा बढिको मोबाइल फोन आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार यस १० महिनामा ३६ अर्ब ९४ करोड १५ लाख २९ हजार रुपैयाँको ५३ लाख ६५ हजार ११५ थान मोबाइल आयात भएको छ । 

विभागका अनुसार गत वर्षको तुलनामा यस १० महिनामा बढि मोबाइल फोन भित्रिएका छन् । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको मोबाइल फोन आयात भएको थियो । 

बजारमा भिभो, ओप्पो, रिएलमी, एप्पल, सावमी, नोकिया, लगायतका स्मार्ट तथा सादा मोबाइल फोनको माग बढि छ । सबैसँग स्मार्ट फोन भएपनि उद्यमी, व्यवसायी कर्मचारी लगायतका हातमा स्मार्ट फोनसँगै सादा सेट पनि हुन्छ । 

यी सबै मोबाइल सेटहरु चीन, भारत, भियतनाम, युनाइटेड अरब इमिरेट्स र अमेरिकाबाट नेपाल भित्रिन्छन् ।  १० महिनामा चीनबाट २२ अर्ब १९ लाख ६० हजार रुपैयाँको मोबाइल फोन आयात भएको छ । 

यस्तै भारतबाट १२ अर्ब ५२ करोड २१ लाख ६७ हजार रुपैयाँ, भियतनामबाट १ अर्ब ६१ करोड ४६ लाख ९५ हजार रुपैयाँ, युनाइटेड अरब इमिरेट्सबाट २७ करोड २८ लाख ७७ हजार रुपैयाँ र अमेरिकाबाट १४ करोड २५ लाख ७४ हजार रुपैयाँको मोबाइल फोन भित्रिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।