८ मंसिर, २०८१ शनिबार

06:01:55 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२७ हिमालबाट ४९ करोडभन्दा बढिको रोल्टी संकलन, कुन हिमालबाट कति ?

Nepal Business

१३ जेठ, २०७९

सगरमाथा हिमालबाट ४० करोड ७७ लाख ३५ हजार रुपैयाँ रोयल्टी प्राप्त

२७ हिमालबाट ४९ करोडभन्दा बढिको रोल्टी संकलन, कुन हिमालबाट कति ?

काठमाण्डौं । सगरमाथा आरोहणका लागि विभिन्न देशका ३२५ जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार महिला ७४ र पुरुष २५१ गरी ३२५ जनाले सगरमाथा आरोहणका लागि अनिमति लिएका हुन् । जसमा ४९ देशका नागरिक सगरमाथा चढ्दैछन् । 

यस मौसममा २७ वटा हिमाल आरोहणका लागि ९८६ जनाले अनुमति लिएको विभागले जनाएको छ । यसरी हिमाल चढ्न अनुमति लिनेहरुबाट ४९ करोड ३ लाख ७२ हजार ८०७ रुपैयाँ रोयल्टी संकलन भएको छ । 

तर सबैभन्दा बढि भने सगरमाथा हिमालबाट भएको छ । सगरमाथा चढ्नेबाट  ४० करोड ७७ लाख ३५ हजार रुपैयाँ रोयल्टी प्राप्त भएको विभागले जनाएको छ ।

यस्तै सबैभन्दा बढि सगरमाथा हिमाल चढ्नेको संख्या अमेरिकाका नागरिकको रहेको छ । महिला–पुरुष गरी अमेरिकाबाट ६५ जना अमेरिकन नागरिक सगरमाथा चढ्दैछन् । 

बेलायतका ३४ जना, भारतीय नागरिक २६ जना, नेपालबाट २१ जना, क्यानडाका १७ जना, रुसबाट १७ जना, फ्रान्सका १३ जना र अष्ट्रेलियाका ११ नागरिकले अनुमति लिएका हुन् ।

यसैगरी अन्य देशका १८६ नागरिकले सगरमाथा आरोहणका लागि अनुमति लिएको तथ्यांङकमा उल्लेख छ ।  

कुन हिमालबाट कति रोयल्टी संकलन ?

सगरमाथा हिमालबाट ४० करोड ७७ लाख ३५ हजार रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ । 

यस्तै आमादबलम हिमालबाट ४७ लाख ६७ हजार ९६० रुपैयाँ, अन्नपूर्ण हिमाल (१) बाट ५६ लाख ९५ हजार ८३० रुपैयाँ, अन्नपूर्ण हिमाल(४) बाट ६ लाख ५५ हजार २९० रुपैयाँ, वरुत्से हिमालबाट १२ लाख ७ हजार ६५० रुपैयाँ, भेमदाङ री हिमालबाट २ लाख ४३ हजार १६० रुपैयाँ, धौलागिरीबाट ५८ लाख ७९ हजार ५२० रुपैयाँ, डोल्मा खाङ हिमालबाट १ लाख २२ हजार रुपैयाँ, गंगापूर्ण हिमालबाट १ लाख २१ हजार ३८० रुपैयाँ, हिमलुङ हिमालबाट १३ लाख २३ हजार ८ सय रुपैयाँ र कञ्चनजंगा हिमालबाट १ करोड ३० लाख ८४ हजार ६५० रुपैयाँ रोयल्टी संकलन भएको छ । 

यस्तै खान्गचुङ हिमालबाट ५९ हजार ९४८ रुपैयाँ, लोत्से हिमालबाट २ करोड ८६ लाख ५२ हजार ५६२ रुपैयाँ, मकालु हिमालबाट १ करोड ११ लाख ८५ हजार ५२६ रुपैयाँ, मुकोट हिमालबाट १ लाख २१ हजार २९० रुपैयाँ, नार्बु खाङ हिमालबाट १ लाख ५१ ह्जार ४३७ रुपैयाँ, नुपत्से हिमालबाट ५२ लाख ५३ हजार ३९० रुपैयाँ, फू काङग् हिमालबाट २ लाख ४२ हजार ७ सय रुपैयाँ, पोखर खाङ हिमालबाट २ लाख ७३ हजार ४८७ रुपैयाँ र पुथा हिउचुली हिमालबाट ८ लाख ५३ हजार ३ सय रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ । 

यसैगरी विभागका अनुसार रत्नचुली हिमालबाट ७ लाख ९६ हजार ५२५ रुपैयाँ, सरीबुङ हिमालबाट ३ लाख ४ हजार ८७५ रुपैयाँ, सौला हिमालबाट ६० हजार ८२५ रुपैयाँ, थापा पिक हिमालबाट ३ लाख ६४ हजार ५२५ रुपैयाँ तिलिचो हिमालबाट ११ लाख ५५ हजार २ सय रुपैयाँ र उर्कानमाङ हिमालबाट ६० हजार ६२५ रुपैयाँ रोयल्टी संकलन भएको छ ।