८ मंसिर, २०८१ शनिबार

06:11:48 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नीति तथा कार्यक्रममाथिको छलफल शुक्रबार पनि जारी रहने

Nepal Business

१२ जेठ, २०७९

प्रतिनिधिसभा बैठकको अन्तमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन २०७९’ र महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ‘महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन २०७९’ पनि पेश गर्नुभएको थियो ।

नीति तथा कार्यक्रममाथिको छलफल शुक्रबार पनि जारी रहने

काठमाडौँ,

प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको छ । 

विहिबारको बैठकको अन्त्यमा जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले काठमाडौँ, धरानलगायत स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले जित्नु राजनीतिप्रतिको असन्तुष्टि भएको बताउँदै दलको समयमै चेत खुल्न जरुरी रहेको औँल्याउनुभयो ।

विहिबारको बैठकको अन्त्यमा जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले काठमाडौँ, धरानलगायत स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले जित्नु राजनीतिप्रतिको असन्तुष्टि भएको बताउँदै दलको समयमै चेत खुल्न जरुरी रहेको औँल्याउनुभयो ।

सांसद यादवले सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै कार्यक्रम हेर्दा लागु गर्न सकेका अवस्थामा नेपालको कायापलट हुने भए पनि नीति र कार्यक्रमको संयोजनको अभाव देखिएको उहाँले बताउनुभयो ।

बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले चुनाव निष्पक्ष नभएको आरोप लगाउँदै विभिन्न क्षेत्रमा आफ्नै सांसदमाथि नै आक्रमण भएको दावी गर्नुभयो । 

आजको बैठकमा नीति तथा कार्यक्रमको संशोधनका लागि सूचना पेश गर्नुभएका विभिन्न दलका छ सांसदसहित प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनाललगायत विभिन्न दलका सांसदले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनुभएको छ । छलफल शुक्रबार पनि जारी रहनेछ । 

प्रतिनिधिसभा बैठकको अन्तमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति  पूर्णकुमारी सुवेदीले ‘कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन २०७९’ र महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ‘महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन २०७९’ पनि पेश गर्नुभएको थियो । बैठक भोलि शुक्रबार ११ बजे बस्ने गरी सकिएको छ ।