३ जेठ, २०८१ बिहिबार

05:42:12 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सर्वोच्चद्धारा बदर

Nepal Business

१२ जेठ, २०७९

ठूलो बनक्षेध फँडानी गरेर निर्माण गर्ने भनिएको उक्त विमानस्थल निर्माणका लागि सरकारले अहिलेसम्मका गरेका सबै काम कारबाही तथा निर्णयहरु सर्वोच्चले बदर

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सर्वोच्चद्धारा बदर

काठमाण्डौं । सर्वोच्च अदालतले बाराको निजगढमा बनाउने भनेको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण बदर गरिदिएको छ ।

ठूलो बनक्षेध फँडानी गरेर निर्माण गर्ने भनिएको उक्त विमानस्थल निर्माणका लागि सरकारले अहिलेसम्मका गरेका सबै काम कारबाही तथा निर्णयहरु सर्वोच्चले बदर गरिदिएको हो ।

चारकोसे झाँडी मासेर विमानस्थल बनाउँदा पर्यावरणमा क्षति पुग्ने भएकाले त्यसलाई रोक्न माग गर्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रन्जुहजुर पाँडे क्षेत्रीले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । 

उहाँहरुको रिट निवेदनमाथि निर्णय सुनाउँदै बिहीबार बृहत पूर्ण इजलासले विमानस्थल बनाउन सरकारले अहिलेसम्म गरेका निर्णय बदर गर्दै अर्को स्थान खोज्न आदेश दिएको छ ।