२० माघ, २०८१ आइतबार
12:35:07 PM
१२ जेठ, २०७९
प्रधानाध्यापक राकेश कुमार ठाकुरसहित दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार झा विरुद्ध विशेष अदालत काठमाण्डौंमा मुद्दा दायर गरिएको हो ।
काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्ला श्री विश्वेश्वर प्रसाद कोईराला आदर्श मा.वि., जोकाहा, घिउराका प्रधानाध्यापक राकेश कुमार ठाकुरले करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग रिसवत माग गरि भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले रु ३ लाख रुपैयाँ रिसवत लिएको आधारमा प्रधानाध्यापक राकेश कुमार ठाकुरसहित दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार झा विरुद्ध विशेष अदालत काठमाण्डौंमा मुद्दा दायर गरिएको हो ।
प्रधानाध्यापक राकेश कुमार ठाकुरले ३ लाख रुपैयाँ रिसवत लिइ अख्तियारको दुरुपयोग गरेको र दिपेन्द्र कुमार झाले मतियार बनी रिसवत लिन लगाए बमोजिम लिएको पुष्टि भएको हुँदा उनीहरु उपर भ्रष्टाचार निवारण ऐन अन्तर्गत विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।