२१ बैशाख, २०८१ शुक्रबार

07:57:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

टेक्सास घटनाबाट राष्ट्रसङ्घका महासचिव स्तब्ध

Nepal Business

१२ जेठ, २०७९

अमेरिकाको टेक्सासको एक एलिमेन्टरी स्कुलमा मङ्गलबार भएको गोली काण्डमा परी १८ जना बालबालिकासहित २१ को ज्यान गएको थियो ।

टेक्सास घटनाबाट राष्ट्रसङ्घका महासचिव स्तब्ध

सिन्ह्वा । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले अमेरिकी सहर टेक्सासमा भएको गोलीकाण्डबाट आफू स्तब्ध भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ– म त्यहाँको एक विद्यालयमा भएको गोलीकाण्डबाट स्तब्ध भएको छु ।

उहाँका प्रवक्ता स्टेफन डुजारिकले प्रकाशन गरेको विज्ञप्तिमा बताइएको छ । सो गोलीकाण्ड र त्यसमा पनि बालबालिका मारिएको दृश्यले मलाई निकै दुःखी बनाएको छ, उहाँका प्रवक्ताद्वारा जारी गरिएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अमेरिकाको टेक्सासको एक एलिमेन्टरी स्कुलमा मङ्गलबार भएको गोली काण्डमा परी १८ जना बालबालिकासहित २१ को ज्यान गएको थियो । त्यस घटनाको विश्वमा नै निन्दा गरिएको छ ।

अमेरिकी सहर टेक्सासमा मंगलबार दिउँसो भएको सो दुःखद घटनामा परी २१ को ज्यान गएको र अरु कैयौँ घाइते भएका थिए ।

टेक्सासको युभाल्डेस्थित रोब इलिमेन्टरी स्कूलमा एकजना १८ वर्षीय किशोरले गोली चलाउँदा ती विद्यार्थीको ज्यान गएको बताइएको छ ।