२० माघ, २०८१ आइतबार
02:39:10 PM
११ जेठ, २०७९
मोर्चाले पेट्रोलियम पदार्थको निरन्तरको मूल्यबृद्धि र यसको कारण महङ्गी बढेकाले मुलुक संकटमा पुगेको
कामाण्डौं । देशभक्त जनगणतान्त्रिक मोर्चाले पेट्रोलियम पदार्थको निरन्तरको मूल्यबृद्धिले मुलुक संकटमा पुगेको जनाएको छ ।
बुधबार काठमाण्डौंमा पत्रकार सम्मेलन गर्दै मोर्चाले पेट्रोलियम पदार्थको निरन्तरको मूल्यबृद्धि र यसको कारण महङ्गी बढेकाले मुलुक संकटमा पुगेको जनाएको हो ।
मोर्चाका संयोजक सिपी गजुरेलले पेट्रोलियम पदार्थको मूल्उबृद्धिको पुनरावलोकन गर्नुपर्ने बताउनुभयो । वर्तमान सरकार जनताप्रति जवाफदेही नरहेको र सरकारले कर पनि घटाउन नखोजेको उहाको भनाई छ ।
गजुरेलले भारतमा जनतालाई अनुदान दिदा पनि नेपालमा भने सरकारको कुनै तयारी नरहेको तर्क गर्नुभयो । उहाँले दलहरु असफल हुँदै गएकाले जनताले बिकल्प खाजेको बताउनुभयो ।
उहाँले स्थानीय तहको निर्वाचनमा समेत दलहरुप्रतिको जनताको असन्तुष्टि देखिएको उल्लेख गर्नुभयो ।