६ जेठ, २०८१ आइतबार

03:42:17 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सङ्खुवासभाको हेवाखोला पुल अलपत्र

Nepal Business

१७ पुस, २०७८

निर्माणको जिम्मा पाएको पुष्पान्जी कन्ट्रक्शन प्रालिले पहिलो वर्ष फाउण्डेशन खन्दा चट्टान भएको बाहना बनाउँदै काम स्थगन गरेको थियो

 सङ्खुवासभाको हेवाखोला पुल अलपत्र

 

सङ्खुवासभाको चैनपुर र पाँचखपन नगरपालिका जोड्ने चैनपुर बाह्रबिसे सडकखण्डअन्तर्गतको हेवाखोलाको मोटरेबल पुल विगत पाँच वर्षदेखि अलपत्र परेको छ । 

हेवाखोलामा झोलुङ्गे पुल नहुँदा पाँचखपन नगरपालिका र सभापोखरी गाउँपालिका जाने यात्रु बाँसको अस्थायी पुल (फड्के)मार्फत असुक्षित यात्रा गर्नुपरेको छ ।

हेवाखोलाको दोभानेको पुल निर्माण व्यवसायीको लापर्वाहीका कारण अलपत्र परेको हो । रु चार करोड ५८ लाखको लागतमा निर्माण हुन लागेको पुल विसं २०७३ भदौ मा काम सुरु गरेर २०७५ असोजसम्ममा निर्माण गरिसक्नुपर्ने भए पनि काम अघि बढ्न सकेको छैन । निर्माणको जिम्मा पाएको पुष्पान्जी कन्ट्रक्शन प्रालिले पहिलो वर्ष फाउण्डेशन खन्दा चट्टान भएको बाहना बनाउँदै काम स्थगन गरेको थियो । 

हेवाखोलामा झोलुङ्गे पुल नहुँदा पाँचखपन नगरपालिका र सभापोखरी गाउँपालिका जाने यात्रु बाँसको अस्थायी पुल (फड्के)मार्फत असुक्षित यात्रा गर्नुपरेको छ । वर्षायाममा खोलामा पानीमा बहाब बढेसँगै कुनै पनि सवारी सधान नचल्ने अवस्था भएको पाँचखपन नगरपालिका–८ का वडाध्यक्ष छत्र न्यौपानेले बताउनुभयो । खोलामा झोलुङ्गे पुलसमेत नहँुदा पुलमा प्रयोग गरिएका बाँस र काठ पनि पुरानो मक्किइसकेको उहाँको भनाइ छ । 

पुलबाटै बाह्रै महिना यात्रा गर्नुपर्ने भए पनि वर्षायाममा पानीको बहब बढेपछि बगाएर लैजाने गरेको छ । पुल निर्माणको जिम्मा पाएको पुष्पाञ्जी कन्ट्रक्शन प्रालिले अहिले कुनै पनि काम सञ्चालन नगरेको भन्दै स्थानीयवासीले पटक–पटक सडक डिभिजन कार्यालयमा डेलिगेशन गए पनि बेवास्ता गर्ने गरिएको स्थानीयवासीको भनाइ छ । पुष्पाञ्जी कन्ट्रक्शन काम नगरेपछि तत्काल ठेकेदार कम्पनीलाई कारबाहीको माग राख्दा सडक डिभिजनले ठेकेदारको बचाऊ गर्दै आएको पाँचखपन नगरपालिका–८ का वडाध्यक्ष छत्र न्यौपानेले बताउनुभयो । रासस