१७ बैशाख, २०८१ सोमबार

05:57:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१० महिनामा २२ करोडभन्दा बढिको ग्रीन टी निर्यात, कुन देशमा कति ?

Nepal Business

११ जेठ, २०७९

१० महिनामा १० करोड ३९ लाख ६९ हजार रुपैयाँ बराबरको ४७ हजार २९८ केजी ग्रीन टी जर्मनीमा निर्यात

१० महिनामा २२ करोडभन्दा बढिको ग्रीन टी निर्यात, कुन देशमा कति ?

काठमाण्डौं । नेपालले चालु आर्थिक वर्षको १० महिनामा २२ करोड रुपैयाँ भन्दा बढीको  ग्रीन टी निर्यात गरेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि बैशाख मसान्तसम्म नेपालले विभिन्न देशहरुमा २२ करोड ३४ लाख ५४ हजार रुपैयाँ बराबरको १ लाख २३ हजार ६७२ केजी ग्रीन टी निर्यात गरेको हो । 

कुन देशमा कति ? 

नेपालले यस १० महिनामा १० करोड ३९ लाख ६९ हजार रुपैयाँ बराबरको ४७ हजार २९८ केजी ग्रीन टी जर्मनीमा निर्यात गरेको छ । अमेरिकामा २ करोड ९१ लाख २७ हजार रुपैयाँ बराबरको १० हजार ८९८ केजी ग्रीन टी निर्यात गरेको छ ।

विभागका अनुसार यस अवधिमा जापानमा २ करोड ७९ लाख ६९ हजार रुपैयाँ बराबरको १२ हजार ७६९ केजी, फ्रान्समा १ करोड ३५ लाख ४५ हजार रुपैयाँ बराबरको ४ हजार ४२ केजी र भारतमा १ करोड २६ लाख २२ हजार रुपैयाँ बराबरको २३ हजार ६९९ केजी ग्रीन टी निर्यात भएको छ ।

यस्तै चीनमा ४४ लाख ७८ हजार रुपैयाँ बराबरको ५ हजार ९८३ केजी, क्यानडामा २१ लाख १७ हजार रुपैयाँको ९५१ केजी, नेदरल्याण्डमा ७१ लाख ४९ हजार रुपैयाँ बराबरको ५ हजार ९७७ केजी,  कतारमा ४ लाख १० हजार रुपैयाँको २४८ केजी, ताइवानमा २१ लाख ८४ हजार रुपैयाँ बराबरको १ हजार ३६२ केजी, न्युजिल्याण्डमा १ लाख १४ हजार रुपैयाँ बराबरको १० केजी, नर्वेमा २ लाख ५० हजार रुपैयाँ बराबरको २० केजी, पोल्याण्डमा ३ लाख २८ हजार रुपैयाँ बराबरको ७६ केजी, रसियामा २ लाख रुपैयाँको ३३४ केजी, सिंगापुरमा २ लाख २१ हजार रुपैयाँ बराबरको १० केजी, स्लोभाकियामा ९ लाख ९८ हजार रुपैयाँ बराबरको १५५ केजी, स्वीडेनमा १४१ केजी, स्वीजरल्याण्डमा ६ लाख ९ हजार रुपैयाँको १५५ केजी र युक्रेनमा १ सय केजी ग्रीन टी निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । 

यसैगरी युनाइटेड अरबमा १४ लाख ३४ हजार रुपैयाँ बराबरको ५१२ केजी, बेलायतमा १५ लाख १९ हजार रुपैयाँ बराबरको ९४४ केजी, अष्ट्रियामा ८ लाख ७१ हजार रुपैयाँ बराबरको १७० केजी, बेल्जियममा १ हजार रुपैयाँको १ केजी, केच रिपब्लिकमा २७ लाख २६ हजार रुपैयाँ बराबरको १ हजार १६३ केजी, डेनमार्कमा ६ लाख ६३ हजार रुपैयाँ बराबरको ११४ केजी, र फिनल्याण्डमा २ लाख २६ हजार रुपैयाँ बराबरको ६१ हजार केजी ग्रीन टी निर्यात गरिएको छ । 

विभागका अनुसार ल्याटभियनमा २२ हजार रुपैयाँ बराबरको १० केजी, लिथौनियामा ७ लाख ४५ हजार रुपैयाँ बराबरको २५० केजी र मलेसियामा १९ लाख १२ हजार रुपैयाँ बराबरको २ हजार २४८ केजी र अष्ट्रेलियामा ५ करोड ६८ हजार रुपैयाँ बराबरको ३३६ केजी ग्रीन टी निर्यात गरिएको छ । 

इस्टोनियामा १७ हजार रुपैयाँ बराबरको ६६ केजी, हङकङमा ३२ लाख ९१ हजार रुपैयाँ बराबरको ३ हजार ३९६ केजी, हंगेरीमा १२ करोड ८३ लाख रुपैयाँको २१७ केजी र रिपब्लिक अफ कोरियामा ४ लाख ३९ हजार रुपैयाँ बराबरको ५८ केजी र ग्रीन टी निर्यात भएको छ।