१७ बैशाख, २०८१ सोमबार

07:03:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतले चिनी निर्यातमा लगायो प्रतिबन्ध

११ जेठ, २०७९

भारतले चिनीमा प्रतिबन्ध लगाएसँगै नेपालमा चिनीको मूल्य बढ्ने भएको छ । चिनीको लागि नेपाल भारतमा नै निर्भर रहने भएकाले भारतले प्रतिबन्ध लगाएसँगै नेपालमा चिनीको मूल्य अझै बढ्ने देखिएको हो ।

भारतले चिनी निर्यातमा लगायो प्रतिबन्ध

काठमाडौं । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ। भारत सरकारले आगामी जुन १ तारिखदेखि लागू हुने निर्यातमा प्रतिबन्ध लगाउने भएको हो ।

भारतले चिनीमा प्रतिबन्ध लगाएसँगै नेपालमा चिनीको मूल्य बढ्ने भएको छ । चिनीको लागि नेपाल भारतमा नै निर्भर रहने भएकाले भारतले प्रतिबन्ध लगाएसँगै नेपालमा चिनीको मूल्य अझै बढ्ने देखिएको हो ।

भारतले खाद्य सुरक्षालाई ध्यानमा राखेर केही समय अगाडि गहुँमा पनि प्रतिबन्ध लगाएको थियो भने आगामी जेठ १८ गतेदेखि चीनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।ब्राजिलपछि भारत विश्वमा चिनीको दोस्रो ठूलो उत्पादक र निर्यातकर्ता हो।