८ मंसिर, २०८१ शनिबार

04:41:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विवेकशील साझाको अध्यक्ष पदबाट मिश्रद्धारा राजिनामा

Nepal Business

११ जेठ, २०७९

आफ्ना उम्मेदवारहरू ‘इमानदार र सक्षम’ हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा आफूले लिएको

विवेकशील साझाको अध्यक्ष पदबाट मिश्रद्धारा राजिनामा

काठमाण्डौं । रविन्द्र मिश्रले नैतिकताका आधारमा विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले बुधबार सामाजिक सञ्जाल फेसबुकमा विज्ञप्ती सार्वजनिक गर्दै स्थानीय तहको चुनावमा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएकाले हारको जिम्मेवारी लिँदै नैतिकताको आधारमा राजीनामा दिएको जानकारी दिनुभएको हो । 

उहाँले सार्वजनिक गर्नुभएको विज्ञप्तीमा लेखिएको छ, ‘गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु। म पार्टीको साधारण सदस्य रहिरहने छु ।’

उहाँले आफ्ना उम्मेदवारहरू ‘इमानदार र सक्षम’ हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा आफूले लिएको बताउनुभयो । 

बाराको फेटा गाउँपालिका र त्यहाँको दुई वटा वडामा विवेकशिलले जित हासिल गरेको छ । जसको श्रेय उम्मेदावरलाई नै मिश्रले दिनुभएको छ । 

गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रुस्तम अन्सारीको जित पार्टीको कोलप्रियताले नभई व्यक्तिको लोकप्रियताले भएको मिश्रले बताउनुभयो । उहाँले पार्टी अध्यक्षबाट राजीनामा दिए पनि नमुना गाउँपालिका निर्माण गर्न अन्सारीलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।