२१ बैशाख, २०८१ शुक्रबार

10:39:10 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अमेरिकाको एक स्कुलमा अन्धाधुन्ध गोली प्रहार, १८ बालबालिकाको मृत्यु

Nepal Business

११ जेठ, २०७९

टेक्सस राज्यस्थित एक प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गरेको बीबीसीले जनाएको छ । यो विद्यालदयमा १० वर्षसम्मका बालबालिकाहरू अध्ययन गर्ने गर्छन् ।

अमेरिकाको एक स्कुलमा अन्धाधुन्ध गोली प्रहार, १८ बालबालिकाको मृत्यु

काठमाडौं । अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक जना शिक्षक र १८ जना विद्यार्थीको मृत्यु भएको छ । एक जेष्ठ नागरिक र १० वर्षीया बालिका सख्त घाइते भएका छन् ।

टेक्सस राज्यस्थित एक प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गरेको बीबीसीले जनाएको छ । यो विद्यालदयमा १० वर्षसम्मका बालबालिकाहरू अध्ययन गर्ने गर्छन् ।

राज्यका गभर्नर ग्रेग याबटले आक्रमणमा पिस्तोल र राइफल प्रयोग गरेको र राइफलको पनि प्रयोग भएको हुनसक्ने बताएका छन् ।

घटनामा संलग्न भएका व्यक्तिको पनि मृत्यु भएको छ । उनको कसरी मृत्यु भयो भन्ने बारेमा भने खुलेको छैन ।

ती आक्रमणकारीले घरमा हजुरआमाको हत्या गरेर स्कुलमा पुगेको विवरणहरू सार्वजनिक भएका थिए ।

यो विद्यालयमा ५०० भन्दा बढी बालबालिकाहरू रहेकोले मृतकको संख्या अझै बढ्न सक्ने त्यहाँका अधिकारीले बताएका छन् ।

राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन् ।