१ जेठ, २०८१ मंगलबार

02:31:11 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सवारीसाधनको भाडा पुनः बढ्यो, एक सातामा दुई पटक भाडा वृद्धि

Nepal Business

१० जेठ, २०७९

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रुपमा भाडादर परिवर्तन हुने उल्लेख छ ।

सवारीसाधनको भाडा पुनः बढ्यो, एक सातामा दुई पटक भाडा वृद्धि

काठमाडौँ?

सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा पुनः वृद्धि गरेको छ । यसअघि भाडा बढेको एक सातामै पुनः भाडादर वृद्धि भएको हो । 

यात्रुवाहक सवारीसाधनमा दुई दशमलव एक प्रतिशत भाडा बढाइएको हो । गत साता भाडादर निर्धारण गर्दाको भन्दा अहिले डिजेल प्रतिलिटर रु १० वृद्धि भएपछि त्यसैका आधारमा भाडादर बढाउने निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा दुई दशमलव एक प्रतिशत र तराईको सडकमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा तीन प्रतिशत भाडा बढाइएको छ । 

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रुपमा भाडादर परिवर्तन हुने उल्लेख छ । 

पछिल्लो पटक यही जेठ ४ गते भाडादर समायोजन गरिएको थियो । त्यतिबेला डिजेलको मूल्य रु १५३ रहेकामा हाल रु १६३ कायम भएको छ । यसअघि जेठ ३ मा भाडा वृद्धि गरिएको थियो ।