३ जेठ, २०८१ बिहिबार

08:27:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मुलुका विभिन्न १२ सहरमा एकीकृत खानेपानी र फोहर पानी प्रशोधन केन्द्र सञ्चालन गरिने

Nepal Business

१० जेठ, २०७९

मुलुका विभिन्न १२ सहरमा एकीकृत खानेपानी र फोहर पानी प्रशोधन केन्द्र सञ्चालन गरिने

काठमाण्डौं । सरकारले मुलुका विभिन्न १२ सहरमा एकीकृत खानेपानी र फोहर पानी प्रशोधन केन्द्र सञ्चालन गर्ने भएको छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै सहरमा देखिएको खानेपानी समस्या समाधान गर्न तथा फोहर व्यवस्थापन गर्न उक्त कार्यक्रम गर्न लागेको बताउनुभएको हो ।