२० माघ, २०८१ आइतबार

02:44:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वाग्मतीमा फोहर फाल्ने र ढल हाल्नेलाई पाँच हजार जरिवाना

Nepal Business

१० जेठ, २०७९

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान हालै नौ वर्ष पूरा गरी १० औँ वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा सफाइको स्वरुप परिवर्तन गरिएको हो ।

वाग्मतीमा फोहर फाल्ने र ढल हाल्नेलाई पाँच हजार जरिवाना

काठमाडौँ,

वाग्मती नदीमा ढल हाल्ने र नदी किनारमा फोहर फाल्ने स्थानीयवासीलाई काठमाडौँ महानगरपालिका वातावरण विभागले रु पाँच हजार जरिवानासहित कारबाही गरेको छ । 

सिनामङ्गलस्थित वाग्मती पुलबाट ५०० मिटर दक्षिण वाग्मती नदी सफाइ अभियानको क्रममा  केही घरधनी र पसलेले पैदल हिँड्ने बाटो छेकी सामग्री राखेको र फोहर फालेको भेटिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो ।

वाग्मती सफाइ महाभियानका अभियानकर्मीको पहलमा महानगरपालिकाले जरिवानास्वरुप कारबाही गरेको हो ।

गत शनिबार ४७१ औँ हप्ताको सफाइका क्रममा सिनामङ्गलस्थित वाग्मती पुलबाट ५०० मिटर दक्षिण वाग्मती नदी सफाइ अभियानको क्रममा  केही घरधनी र पसलेले पैदल हिँड्ने बाटो छेकी सामग्री राखेको र फोहर फालेको भेटिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो ।

सडकमा राखिएका सामग्री पनि महानगरपालिकाको पहलमा हटाइएको छ ।  रामप्रसाद भुसालले घर अगाडि  फोहर राखेको र ढलसमेत बाटोमा निष्कासन गरेकाले महानगरपालिकाले रु पाँच हजार जरिवाना गरेको हो ।

अपुरी नामको निजी कम्पनीलाई कारबाही गरी घरधनीलाई फोहर आफैँ व्यवस्थापन गर्न लगाइएको छ ।

यसै हप्तादेखि महाभियानले सफाइको स्वरुप परिवर्तन गरी फोहर गर्नेलाई जरिवाना गराउन सरोकार भएका निकायलाई सहयोग गर्ने सार्वजनिक गरेको थियो ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान हालै नौ वर्ष पूरा गरी १० औँ वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा सफाइको स्वरुप परिवर्तन गरिएको हो ।

महाभियानले नदी किनारमा सिसीटिभी राखी फोहर फाल्नेलाई कारबाहीको दायरमा ल्याउन अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलगायत सरोकार भएका निकायको पटकपटक ध्यानाकर्षण गराएको छ ।