४ जेठ, २०८१ शुक्रबार

05:06:33 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कृषिलाई आर्थिक वृद्धिको बलियो आधार बनाइनेः राष्ट्रपति भण्डारी

१० जेठ, २०७९

खाद्य वस्तुको उत्पादन बढाउने र लागत मूल्य घटाउने गरी कार्यक्रम ल्याउने

कृषिलाई आर्थिक वृद्धिको बलियो आधार बनाइनेः राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले कृषिलाई आर्थिक वृद्धिको बलियो आधारको रुपमा विकास गर्ने नीति लिएको बताउनुभएको छ ।  मंगलबार संघीय संसद्‌को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले  कृषिलाई आर्थिक वृद्धिको बलियो आधारको रुपमा विकास गर्ने नीति अवलम्बन गरिने जानकारी दिनुभएको हो ।

राष्ट्रपति भण्डारीले  खाद्य वस्तुको उत्पादन बढाउने र लागत मूल्य घटाउने गरी कार्यक्रम ल्याउने पनि बताउनुभएको छ ।  सरकराले बीऊबिजनमा आत्मनिर्भर हुने र जलवायु परिवर्तनका असरलाई धान्न सक्ने बालीको अनुन्सधानमा लगानी गर्ने, अर्ग्यानिक खेतीमा लगानी प्रवर्द्धन गर्ने, बाँझो जग्गा सदुपयोग गरी मूल्य श्रृंखलामा आधारित सामूहिक र सहकारी खेती प्रणालीलाई प्रोत्साहित गर्ने नीति लिएको बताउनुभएको छ ।