७ मंसिर, २०८१ शुक्रबार

05:05:27 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिमपात र पानीले कृषक उत्साहित, उत्पादनमा बृद्धि हुने

Nepal Business

१७ पुस, २०७८

हिमपात र पानीले कृषक उत्साहित, उत्पादनमा बृद्धि हुने

पुष १७, काठमाण्डौ

पछिल्लो केहीदिनदेखी परिरहेको पानी र हिमपातका कारण यस वर्ष हिउँदे वालीको उत्पादन बढ्ने भएको छ । किसानहरुले लगाएको वालिका लागि पानी चाहिने समयमा वर्षा भएसंगै उत्पादन बढ्ने विज्ञहरुले बताएका छन् । यो समय हिउँदे वालीका लागि पानी आवश्यक पर्ने समय हो । यसैगरी हिमाली क्षेत्रमा परेको हिँउका कारण उपल्लो क्षेत्रको उत्पादनमा पनि बृद्धि हुने देखिएको छ । 

भोजपुरको उपल्लो क्षेत्रमा समयपछि हिउँ र पानी परेकाले किसान उत्साहित बनेका छन् । आलु र मकै रोप्नको लागि जमिन तयार गर्ने समयमा हिउँसँगै पानी आएकाले खेतीपाती गर्नको लागि सहज भएको टेम्केमैयुङ–५ मझौलेका कृषक लाक्पादोर्ची शेर्पाले बताउनुभयो ।

स्थानीयवासी शेर्पाले भन्नुभयो, “हिमपातका कारण चिसो बढ्दा जनजीवन प्रभावित भएको छ तर हामी किसानलाई भने धेरै फाइदा पुगेको छ । अब आलु, मकै रोप्ने बेला भयो यसले हामीलाई राम्रो भएको छ ।” केही दिनयता मौसममा परिवर्तन भएर आएको हिउँ र पानीका कारण चिसो बढ्दा चौपायालाई बचाउन समस्या भएको स्थानीय शिवकुमार विष्टले बताउनुभयो । त्यस्तै केटाकेटी तथा वृद्धवृद्धा चिसोको प्रत्यक्ष मारमा परेको उहाँको भनाइ छ । विष्टले भन्नुभयो, “हिमपातका कारण धेरै चिसो बढेको छ । अरुभन्दा पनि बालबच्चा केटाकेटी, वृद्धवृद्धा र पशुचौपायालाई धेरै समस्या  छ ।” 

 

चिसो बढेपछि सदरमुकाम र आसपासका स्थानीय बासिन्दालाई घर बाहिर निस्किन समस्या भएको बताउने गरेका छन् । हिउँ परेसँगै हिउँ खेल्न आउनेको सङ्ख्या बढेपछि सुन्तले, चखेवा, बाघखोरलगायतका ठाउँमा सञ्चालनमा रहेका होटल तथा पसलमा मानिसको चाप बढेको छ । दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेको बाघखोरका होटल व्यवसायी गणेशकुमार तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँपरेपछि यहाँ घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । व्यवसायमा टेवा पुगेको छ ।”